मुस्ताङमा लेक लागेर युक्रेन र भारतीय पर्यटकको मृत्यु

काठमाडाैं | असोज २४, २०८०

मुस्ताङमा लेक लागेर युक्रेन र भारतीय पर्यटकको मृत्यु

जोमसोम: मुस्ताङमा लेक लागेर दुई विदेशी पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा एक युक्रेनी नागरिक र अर्का एक भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।


पोखराबाट १० जनाको समूहसहित असोज १९ गते मुस्ताङ भ्रमणका लागि आएकी युक्रेनी महिला ३५ वर्षीया अन्ना पानिनाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी दिनेश गौतमले जानकारी दिए  कागबेनी बास बसेर असोज १९ गते पैदल हिँडेर झोङ हुँदै मुक्तिनाथ जाने क्रममा बीच बाटोमै उनलाई लेकको समस्या देखिएको सूचना अधिकारी प्रहरी निरीक्षक गौतमले बताए। 

 

युक्रेनी महिला पानिनालाई श्वासप्रश्वास र टाउको दुख्ने समस्या देखिएको थियो। लेक लागेका कारण बिरामी परेकी उनलाई जोमसोम अस्पतालमा उपचार लगिएको थियो। उनको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक गौतमले बताए। लेक लागेर मृत्यु भएकी महिलाको शव हेलिकोप्टरमार्फत् काठमान्डौं उद्धार गरिएको प्रहरीले बताएको छ।

 

त्यसैगरी भारतको तामेलनाडुबाट मुक्तिनाथ दर्शनका लागि आउँदै गरेकी भारतीय पर्यटक वर्ष ६४ वर्षीया रेवतीको लेक लागेर मृत्यु भएको प्रहरी निरीक्षक गौतमले बताए। उनको उपचारको क्रममा मृत्यु भएको थियो। भारतदेखि १०३ जना भारतीय दर्शनार्थी टोली पोखराबाटबेनी(जोमसोम सडक हुँदै थासाङ गाउँपालिकाको लेते आइपुगेको थियो। 

 

मुक्तिनाथ दर्शन गर्न उद्देश्यले मुस्ताङ आएकी उनलाई लेते आउँदा लेक लागेको थियो। थासाङको लेते प्राथमिक स्वास्थ्य उपचारकेन्द्रमा उपचार लैजाँदै गर्दा उनको मृत्यु भएको थियो। उनी यसअघि पनि विभिन्न रोगबाट ग्रस्त थिइन्।जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मृतक भारतीय महिलाको शव पोस्टमार्टमका लागि एम्बुलेन्समार्फत् पोखरा लगिएको छ। होचो स्थानबाट एक्कासी स्वास्थ्य परीक्षण नगरी मुस्ताङ आउने प्रचलन र कुनै होल्डिङ सेन्टरमा विश्राम नगरी अग्लो स्थानमा आइपुग्दा लेकको समस्या हुने गरेको प्रहरी निरीक्षक गौतमले बताए। मुस्ताङ समुन्द्री सतहको २७ देखि ४५ सय मिटरको अग्लो उचाईमा अवस्थित छ। गत वर्ष मुस्ताङ भ्रमणका लागि आएका १० जना आन्तरिक तथा बाह्य पर्यटको लेक लागेर मृत्यु भएको थियो। 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्